कात्तिक १, काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारंगी’ ट्रेलर सार्वजनिक भएको छ । कलाकार विजय बरालको शीर्ष भूमिका रहेको फिल्मको मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मको ट्रेलर ३ मिनेट २६ सेकेण्ड लामो रहेको छ भने यस ट्रेलरले सारंगीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने संघर्षको कथा भनेको छ ।
यसमा सदियौंदेखि
सारंगी संस्कृति प्रवर्धन गर्न लागिपरेको समुदायले समाजमा भोगिरहेको विभेदको कथा उल्लेख
देखाइएको छ । फिल्ममा बाबु र छोराको सम्बन्धको कथा पनि रहेको छ । फिल्ममा बाबुको
भूमिकामा बिजय बराल देखिएका छन भने छोराको भूमिकामा प्रकाश सपुत रहेका छन । कात्तिक १५ गतेदेखि यो फिल्म प्रदर्शन
हुँदैछ ।
- न्युज बहार संवाददाता