पुस २६, काठमाडौँ
। नायिकामा आना शर्मा प्रदीप खड्काको आगामी फिल्म ‘एक्टर’को शीर्ष अभिनेत्रीमा अनुबन्धित
भएकी छन् । निर्माता थमन भण्डारीले आनासँग केही दिनअघि लिखित सम्झौता भएको जनाए ।
भण्डारीका अनुसार अमेरिकामा रहेका अभिनेता राजबल्लभ कोइरालासँग लिखित सहमति भने हुन बाँकी रहेको छ । भण्डारीले भने, ‘राजबल्लभजीले स्क्रिप्ट मन पराइ ओके भनेर फिल्मको सेड्युल माग्नुभएको छ, हामी सेड्युल मिलाउँदैछौं, उहाँले खेल्ने निधो पनि भएको छ ।’
निर्माताले राजबल्लभका लागि २० दिनको छायांकन तालिका तय गरेका छन् भने यदि कोइराला फिल्मसँग जोडिए यो उनको कमब्याक फिल्म हुनेछ ।
फिल्मलाई
राजन भुसालले निर्देशन गर्दैछन् भने वैशाख पहिलो सातादेखि छायांकन सुरु हुने जनाइएको
छ । आगामी तिहारमा फिल्मलाई प्रदर्शनको तयारी गरिएको छ । राजेश हमालले फिल्ममा केमियो
रोल गर्ने पक्का भइसकेको छ ।
- न्युज बहार संवाददाता