मंसिर २४, काठमाडौँ।
निर्देशक अर्जुन सुवेदीले आगामी फिल्मको घोषणा गरेका छन् । प्रकाश सपुत र परीक्षा
लिम्बु लाई शीर्ष भूमिकामा लिएर सोसल ड्रामा फिल्म ‘सोल्टिनी’ को निर्माण निर्देशक सुवेदीले
गर्ने भएका छन ।
घोषणा
भिडियोमार्फत निर्माताले फिल्मबारे जानकारी गराएका हुन । कन्टेन्ट क्रिएटर
साइग्रेस पोखरेलले भिडियोमा न्यारेटरको रुपमा प्रस्तुत भएका छन ।
घोषणा भिडियो
हेर्दा फिल्मले समाजमा विद्यमान जातिय विभेदको कथावस्तुलाई प्रस्तुत गर्ने देखीएको
छ ।
- न्युज बहार संवाददाता