पुस २३, काठमाडौँ
। छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप टापुको भ्रमण
विवादले घेरिएको छ । मोदीले लक्षद्वीप टापुको भ्रमणका केही तस्वीर सेयर गरेका थिए, उक्त तस्वीर सेयर भएपछी लक्षद्वीपको
तुलना माल्दिभ्ससँग भइरहेको छ ।
माल्दिभ्सका
केही मन्त्रीले यस्तो तुलनापछि भारतमाथि आपत्तिजनक टिप्पणी गरेका छन् र
प्रधानमन्त्री मोदीलाई ‘जोकर’समेत भनेका छन् । यद्यपि, यसै टिप्पणीपछी माल्दिभ्सले तीन
मन्त्रीलाई पदबाट बर्खास्त समेत गरिसकेको छ ।
भारतमा हिजो
आइतबार दिनभर माल्दिभ्स बहिष्कारको ट्रेन्ड नै चलेको थियो ।
यही क्रममा
बलिउड कलाकारहरु सलमान खान, जोन अब्राहम, अक्षय कुमार, अभिनेत्री श्रदा कपुर लगायतका सेलिब्रेटीहरु मोदीको
समर्थनमा उभिएका छन् ।
अभिनेता
सलमान खानले विवाद बढ्दै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई समर्थन गर्दै
लेखेका छन्, ‘प्रधानमन्त्री
नरेन्द्र मोदीलाई लक्षद्वीपका यी सुन्दर र सफा समुद्र तटमा देख्दा निकै राम्रो
लाग्यो, विशेष कुरा त यो हाम्रो भारतमा छ।’
यस्तै जोन
अब्राहमले लक्षद्वीपको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘लक्षद्वीप अद्भुत भारतीय आतिथ्य, अतिथी देवो भवको विचार र विशाल
सामुद्रिक जीवन पत्ता लगाउन घुम्न लायक ठाउँ हो ।’
भारतमा
भएको माल्दिभ्स बहिष्कार ट्रेन्डको कारण माल्दिभ्समा ८००० भन्दा बढी होटल बुकिङ
रद्द गरिएको छ भने अर्कोतर्फ २५ सयभन्दा बढीले माल्दिभ्सको उडान रद्द गरेका पछिल्लो
रिपोर्टले जनाएको छ ।
- न्युज बहार संवाददाता