जेठ १९, मुम्बई
। मुम्बई प्रहरीले बलिउड अभिनेता सलमान खानमाथि आक्रमण गर्ने प्रयासलाई असफल
बनाएको छ ।
लरेन्स
बिश्नोईको गिरोहका चार जनाले पनवेलमा सलमानको कारमा आक्रमण गर्ने योजना बनाएका थिए
। सोही आक्रमणको योजनालाई नवी मुम्बई
प्रहरीले विफल गराएको हो। प्रहरीले यही केसमा चार जनालाई पक्राउ समेत गरेको हो ।
अहिले
प्रहरीले लरेन्स बिश्नोई, गोल्डी
बरार, अनमोल बिश्नोई लगायत १८ जनाविरुद्ध एफआईआर दर्ता गरेको छ ।
- न्युज बहार संवाददाता