पुस ८,
काठमाडौँ । आइतबार केही व्यक्तिले तेलुगु फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनको
घरमा आक्रमण गरेका छन् अल्लु अर्जुनको घर अगाडिको भागमा, गमला र केही समानमा उक्त हमलामा
क्षति पुगेको हो ।
उनको घर
अगाडि केही व्यक्तिले नारा लगाएको र भिडियोमा केही फुटेको गमला पनि सामाजिक
सञ्जालमा देखिएको अपुष्ट भिडियोमा देखीएको छ ।
अल्लु अर्जुनको घरमा आक्रमण गर्नेहरूले आफू उस्मानिया
विश्वविद्यालयको संयुक्त कार्य समितिका सदस्य भएको दाबी गरेको बीबीसी तेलुगु सेवाले जनाएको छ । समाचार एजेन्सी पीटीआईले प्रदर्शनकारीले
अल्लु अर्जुनको फिल्म ‘पुष्पा–२: द रुल’ को प्रदर्शनका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको
घटनामा न्यायको माग गरिरहेको जनाएको छ
।
- न्युज बहार संवाददाता