वैशाख २७, काठमाडौँ । हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘ऊनको स्वीटर’ले आक्रामक सुरुवात गरेको छ । यो फिल्म हिजो देखि देशव्यापी प्रदर्शनमा आएको हो । यो फिल्मले पहिलो दिनमै १९० शो पाएको थियो । पूर्व–पश्चिमका मल्टिप्लेक्स र सिंगल थिएटरदेखि काठमाडौँ उपत्यकाको सबैजसो हलहरुको सबै शोमा फिल्मले दर्शकको उल्लेख्य उपस्थिति रहेको छ ।
वितरक गोविन्द शाहीका अनुसार अधिकांश हलमा प्रायः सबै शो हाउसफुल भएका छन । हल सञ्चालकहरूले पहिलो दिनको यो सफलताले उत्साहित भएर शनिबारका लागि शो सङ्ख्या बढाएका छन् । आज शनिबार बिहानैदेखि अधिकांश हल हाउसफुल भएको जानकारी प्रप्त भएको छ । अहिले यो फिल्म ३०० भन्दा बढी स्क्रिनमा प्रदर्शन भइरहेको वितरक शाहीले जनाएका छन ।
- न्युज बहार संवाददाता