फागुन ११, काठमाडौँ । निर्देशक सुदर्शन थापाले निर्देशन गर्ने आगामी फिल्म हो ‘रावायण’ । केही समयदेखि ‘रावायण’ मा अभिनय गर्ने कलाकारका बारेमा विभिन्न समाचारहरु आइरहेका थिए । अब भने यस फिल्ममा कलाकारको लाइनअप टुंगिएको छ । फिल्मको शीर्ष भूमिकामा अभिनेता पल शाह र अभितेत्री पूजा शर्मा अनुबन्धित भएका छन् ।
यी दुई बाहेक अन्य कलाकारमा कामेश्वर चौरसिया, प्रमोद अग्रहरि, शिल्पा मास्के, कैलाश रावल र पुर्वमिस नेपाल निकिता चाण्डक रहने बताइएको छ । लाइनअप हेर्दा फिल्मको कास्टिङ महत्वपूर्ण हुने देखिएको छ । यो फिल्मसँग हालै अन्तर्राष्ट्रिय प्रोजेक्ट सकेकी पूर्वमिस नेपाल चाण्डक पनि जोडिएकी छन् ।
निर्देशक थापाका अनुसार छायांकन चैत १० गतेदेखि सुरु हुने छ भने सुदर्शन थापा र पूजा शर्माले आफ्ना ब्यानरको सहकार्यमा यो फिल्म निर्माण गर्न लागेका हुन् ।
- न्युज बहार संवाददाता