कार्तिक
१९, काठमाडौँ । अष्ट्रेलियाको एडिलेडमा भएको कन्सर्टबाट गायक सुगम पोखरेल चर्चाको
अहिले चुलिएको छ । यतिबेला हिजो शनिबार
नेपाली समुदायले आयोजना गरेको कन्सर्टको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
उक्त भइरल
भिडियोमा गायक पोखरेलले दर्शकलाई माइकले प्रहार गरेको देखिन्छ । उनी स्टेजमा चढेको
र माइक दर्शकमाझ फ्याँकेको देखिन्छ ।
यसै चर्चाबीच सुगमले आइतबार बिहान
टिकटकमा भिडियो पोस्ट गर्दै कन्सर्टमा भएको घटनाबारे बताएका छन् । उनले भनेका छन ‘म नेपाली हुँ । देशलाई दुख्दा मलाई पनि
दुख्छ, अहिले भुइँचालोका कारण देश दुखिरहेको छ र हिजोको कार्यक्रममा मौन धारण गरौं
भन्दा के भयो त्यो तपाईंहरूले भिडियोमा देख्नु भएकै छ । मेरो एक्सनको रियाक्सन
त्यसकै कारणले मात्र थियो । कसैको नेपाली मनलाई चित्त दुखाएँ भने क्षमा चाहन्छु, जहिले
पनि संगीतको सेवा गर्नेछु।’
- न्युज बहार संवाददाता