Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अभिनेत्री सुरक्षा पन्तको आफूलाई गालीगलौज गर्नेलाई जवाफ : संस्कार नहुँदासम्म, मलाई छुन नआउनु

  •   १ वर्ष अघि | १४ बैशाख २०८२, आइतवार

वैशाख १४, काठमाडौँ । यतिबेला अभिनेत्री सुरक्षा पन्त सामाजिक संजालमा ट्रोल बनिरहेकी छन् । उनलाई एक टिभी अन्तर्वार्तामा बोलेकै आधारमा अहिले ट्रोल भइरहेको हो । अभिनेत्री सुरक्षा पन्तले अन्तर्वार्ताको क्रममा पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र ह्यान्डसम् रहेको र फिल्म खेल्न उपयुक्त हुने अभिव्यक्ति दिएकी थिइन । सोही  अभिव्यक्तिका कारण अहिले पन्तमाथि राजावादीहरू गालीगलौजमा उत्रिएका छन् ।

यही क्रममा कतिपयले सुरक्षाको पछिल्लो फिल्म ‘खेल’लाई बहिष्कार गर्नुपर्छ सम्म भनेका छन ।

यति मात्र नभइर अहिले सुरक्षाको समर्थन गर्ने अन्य कलाकार ऋचा शर्मा लगायत सेलिब्रेटीलाई पनि राजावादीले गाली गरिरहेका छन् । यही क्रममा रामकुमारी झाँक्री, महेश बस्नेत सुरक्षाको समर्थनमा उत्रिएका छन् ।

सुरक्षाले फेसबुक मार्फत शनिबार बेलुका आफूलाई गालीगलौज गर्नेलाई जवाफ दिँदै कविता सेयर गरेकी छन् ।

यस्तो छ सुरक्षाको कविता :

समर्पित

मेरो रजस्वला भैरहेको छ
मलाई अहिले छुन नआउनु !

पहिलो दिन अलि विचार हुन्छ,
दोस्रो दिन अलि बढी बहिष्कार हुन्छ,
तेस्रो दिन अनौठो किसिमको प्रहार हुन्छ,
चौथो दिन लगभग नमस्कार भनेको त,
पाचौं दिनमा तुच्छ ! तुच्छ ! आकार..
संस्कार नहुँदासम्म, मलाई छुन नआउनु ।

कवितामार्फत आफूलाई बहिष्कार गर्नुपर्छ भन्दै सुरक्षाले आफ्नो विरोधमा उत्रिनेलाई जवाफ दिएको सजिलै बुझ्न सकिन्छ । 

  • न्युज बहार संवाददाता

थप