Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अभिनेत्री निता ढुंगानाको प्रधानमन्त्रीलाई प्रश्न: अन्तर्राष्ट्रिय मञ्चमा कहिलेसम्म यस्तै बेइज्जत हामीले खेपिरहनु पर्ने हो?

  •   १ वर्ष अघि | ६ फाल्गुन २०८१, मङ्लबार

फागुन ६, काठमाडौँ । भारतमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा नेपालको बेइज्जत भएको भन्दै अभिनेत्री निता ढुंगानाले आक्रोश पोखेकी छन् ।

उनले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै अन्तर्राष्ट्रिय मञ्चमा भएको नेपालको बेइज्जतीको जिम्मेवारी लिनुपर्छ कि पर्दैन भनेर सोधेकी छन ।

हेर्नुस अभिनेत्री निताको भनाई जस्ताको त्यस्तै :

प्रिय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू। 

म कलाकार निता ढुंगानाको तर्फबाट नमस्कार।

केही समय यता फोटो खिच्ने र फोटो खिचाउने काम बाहेक ,

देशको उन्नति प्रगति र देशमा के भइरहेको छ हामीले हजुरको आफ्नो प्रोफाइलबाट केही देख्न पाएका छैनौँ। 

कुनै समय हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओली ज्यू जस्तै हुनुपर्छ भनेर ठाँटले भन्ने म कलाकार आज कन्फ्युजनमा छु।

मलाई पनि हजुरसँग वार्तालाप गर्न मन छ भेट्न मन छ 

फोटो खिचाउन मन छ तर सँगसँगै धेरै प्रश्नहरू छन् 

जुन मनमा गडिएर बसिएको छ, म मात्र होइन जसले तपाईँलाई राम्रो सोच्ने तपाईँका प्रिय जनताहरू छन् । उनीहरूको मनमा पनि ,धेरै प्रश्न गडिएर बसेका होलान् । खै त्यो जोस ? खै त्यो जाँगर ? खै देशप्रति केही गर्छु भन्ने भावना ? खोइ त्यो दृढता ? आज देखिएको छैन ।

प्रधानमन्त्रीज्यू, राजनीति के हो राजनीतिका कुरा राजनीतिको नीति हामी जान्दैनौँ । प्रधानमन्त्रीज्यू, हामीले जान्ने भनेको हाम्रो देशको हितको लागि नेपाली जनताको लागि तपाईँले बोलेका शब्दहरूमा विश्वास गर्ने हो । तपाईँले देखाएका सपनाहरूमा हामीले आफ्नो सपना देख्ने हो । तर विश्वास विश्वास मात्र सीमित रह्यो सपना सपनामा मात्र सीमित रह्यो दुःख लाग्छ हामीलाई । 

प्रधानमन्त्रीज्यू, भर्खरै मात्र भारतको एउटा विद्यालयमा एउटा नेपाली चेलीलाई हामीले गुमाउनुपर्‍यो । धेरै नेपाली विद्यार्थीहरूलाई त्यहाँबाट कुटपिट गरेर निकालिएको छ । उक्त विश्वविद्यालय व्यवस्थापन समितिकी अध्यक्षले नेपाली विद्यार्थीको न्यायको मागको अवहेलना गर्दै  प्रतिकार गर्ने क्रममा यस विद्यालयको बजेट जति तिमीहरूको देश नेपालको राष्ट्रिय बजेट पनि छैन भनेर नेपाल को बेइज्जत गरेकी रहिछन् ।

अन्तर्राष्ट्रिय मञ्चमा कहिलेसम्म यस्तै बेइज्जत हामीले खेपिरहनु पर्ने हो ? लगभग यो आरोप यथार्थ पनि हो । 

नेपालको यो हालत कसले बनायो ? विगत केही वर्षदेखि नेपालको शासक तपाईँहरू काङ्ग्रेस एमाले, माओवादी । अब यो बेइज्जत को जिम्मेवारी तपाईँहरूले लिनुपर्ने कि नपर्ने ?

बिन्ती छ, नेपालको इज्जत जोगाइदिनुस्। बिन्ती छ, नेपाली जनताको भावना बुझिदिनुस्।

  • न्युज बहार संवाददाता

थप