असोज १०, काठमाडौँ । आगामी सोमबार फूलपातीको दिन प्रदर्शनमा
आउन लागेको नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ हाल प्रचारप्रसारमा
व्यस्त छ।
प्रचारप्रसारका क्रममा आयोजना गरिएको
पत्रकार सम्मेलनमा फिल्मका निर्माता, निर्देशक र कलाकारहरूले
यो फिल्म हेर्नुपर्ने कारणहरूबारे चर्चा गरेका थिए । ट्रेलरबाटै यो फिल्मको
कथावस्तु अहिलेको जेनजी आन्दोलन र तिनका मागहरूसँग मेल खाने देखिएको छ।
कार्यक्रममा अभिनेता हरिवंश आचार्यलाई
पनि सोही सम्बन्धमा प्रश्न गरिएको थियो। उनले फिल्मको कथा गत वर्ष नै तयार भएको
जानकारी दिँदै भने, "अहिलेका युवाहरूले
उठाएका मुद्दा र मागहरू नै हाम्रो चलचित्रको कथासँग मिल्छ।"
- न्युज बहार संवाददाता