Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अभिनेता अनमोल केसी हिरासत मुक्त

  •   ३ वर्ष अघि | १५ असोज २०८०, सोमवार

असोज १५, काठमाडौँ । हाजिर जमानीमा अभिनेता अनमोल केसी हिरासत मुक्त भएका छन । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले शुक्रबार पक्राउ गरिएका केसीलाई बोलाउँदा उपस्थित हुनेगरी रिहा गर्ने निर्णय भएको बताएका छन ।

प्रहरीले  अनमोलविरुद्ध आपराधिक विश्वासघात कसुरमा अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत काठमाडौँले आइतबार ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

हिजो आइतबार नै ३ दिन पुरा भएको र  आज सोमबार अदालत लैजानुपर्ने अवस्था रहेकोमा प्रहरीले उनलाई त्यसअघि नै रिहा गर्ने निर्णय गरेको छ । जिम्मा जमानीमा छाड्ने अनुसन्धान अधिकृतको निर्णयसँगै उनी आइतबार रातीनै जिल्ला प्रहरी परिसर टेकुबाट रिहा भएका हुन् ।

  • न्युज बहार संवाददाता

थप