Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

किन फुल्न छोड्यो लालुपाते फुल?

  •   २ वर्ष अघि | २८ मंसिर २०८१, शुक्रबार

मंसिर २८, म्याग्दी । म्याग्दी जिल्लाका उच्च पहाडी र तल्लो क्षेत्रमा मङ्सिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेको थियो । चैत बैशाखमा लालिगुराँस फुलेर राताम्मै भएजसरी मंसिर पुसको समयमा पाखैभरी रातो लालुपाते फुलेर जंगल नै रातो भएको देख्न सकिन्थ्यो । यसरी पाखैभरी लालुपाते फुलेको दृश्य प्रकृतिक रुपमा मनमोहक हुने गर्दथ्यो तर केही वर्षयता यस क्षेत्रमा लालुपाते फुल्न छाडेको छ ।

स्थानीयहरुका अनुसार जलवायु परिवर्तनका कारण लालुपाते फुल्न छोडेको हो । जलवायु परिवर्तनका कारण माटोमा अम्लियपना बढ्दै जाँदा लालुपातेलगायतका अन्य मौसमी फूलहरू लोप हुदै जान थालेका छन् ।  

हिमाली र उच्च पहाडी क्षेत्रमा धेरै असामयिक परिवर्तनहरु तापक्रम वृद्धिको असरका कारण देखिन थालेका छन । । वन र वातावरणको क्षेत्रमा काम गर्दै आउनुभएको पुष्पराज अधिकारीका अनुसार पछिल्लो समय फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि यस्ता समस्याहरु देखिएको हो ।

म्याग्दी जिल्लामा तीन–चार वर्षअघिसम्म अर्मन, बावियाचौर, ज्यामरूककोट, बगरफाँट, भकिम्ली, शिख, हिस्तान, मराङ, गौश्वारा लगायत क्षेत्रमा रहेका लालुपातेका बोटमा अहिलेसम्म फूल फुलेको छैन । जिल्लाको माटोमा अम्लियपनाको मात्रा बढ्दै गएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । अम्लियपनाको मात्रा बढ्नाले जिल्लामा लगाइने अन्य बालिमा पनि असर देखिएको छ ।

  • न्युज बहार संवाददाता

थप