Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पूरै गाउँनै व्यावसायिक तराकारी खेतीमा

  •   १ वर्ष अघि | १५ फाल्गुन २०८१, बिहिबार

फागुन १५, कैलालीकैलाली जिल्लाको टीकापुर८ वनगाउँको पूरै गाउँ यतिबेला तरकारीखेतीमा लागेको छ । यस गाउँका अधिकांशले सुरुका दिनमा आफ्नै उपभोगका लागि तरकारी उत्पादन गरेका थिए तर अहिले सबै किसानहरु व्यावसायिक तरकारी खेतीमा लागेका छन । कृषका अनुसार तरकारीले बजार पाउन थालेपछि गाउँका सबै व्यावसायिक तरकारी खेतीमा लागेको हुनअहिले उक्त गाउँ सबै तरकारीखेतीमा लागेको छ स्थानीयका अनुसार थोरै धेरैको कुरा हो तर गाउँका सबैजसो तरकारी खेतीमै लागेका छन् ।

गाउँमा करिब सय घर छन् ती सबैले मौसमी र बेमौसमी तरकारी खेतीमा लागेका छन अहिले गाउँमा खुर्सानी, टमाटर र गोभी उत्पादन भइरहेको छ । तर ति मध्ये टमाटर र गोभीले भने खासै मूल्य नपाएको किसानले गुनासो गरेका छन । अहिले टमाटर प्रतिकिलो रु १०, काउली रु २० र खुर्सानी रु ७० रपैयाँ थोक मूल्यमा बिक्री हुने गरेको छ ।

सुरुमा खुर्सानीले मूल्य पाएको थिएन तर अहिले राम्रो मूल्य पाएको । तरकारीमा राम्रो आम्दानी हुनको लागि अरुको उत्पादनभन्दा केही समय पहिला वा केही समय पछी उत्पादन हुनुपर्छ । काउली र टमाटर सबैको सँगै उत्पादन भएकोले खासै मूल्य पाउन नसकेको कृषकहरु बताउँछन । तर सुरुमा उत्पादन गर्नेले धेरै मूल्य पनि पाएका छन
मौसमी तरकारीखेती गर्दै आएका किसानले मौसमीभन्दा बेमौसमी तरकारीको मूल्य बढि आउने बुझेपछी बुझेपछि याहाका किसानहरु बैमौसमी तरकारी उत्पादन गर्न आकर्षित भएका छन्

  • न्युज बहार संवाददाता

थप