जेठ ४, काठमाडौँ । नेपालको स्थानिय तरकारी बजारमा कुरिलोको मूल्य स्थिर रहेको छ।
कालीमाटी
फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज कुरिलो प्रतिकिलो थोक
मूल्य न्यूनतम तीन सयदेखि अधिकतम ६ सय रूपैयाँमा रहेको छ ।
एक
सातादेखि कुरिलो प्रतिकिलो थोक मूल्य न्यूनतम तीन सयदेखि अधिकतम ६ सय रूपैयाँमा
कारोबार भइरहेको समितिले जनाएको छ ।
आकारका
आधारमा कुरिलो सानो र ठूलो गरी दुई प्रकारका हुन्छन् । कुरिलोको टुसाको विशेषगरी सुप बनाएर खाने गरिन्छ। कुरिलो शरीरलाई शक्ति
दिनुका साथै रक्तपित्त, दुर्बलता
हटाउन तथा महिनावारी गडबडीको समस्या समाधानका लागि उपयोगी मानिन्छ ।
- न्युज बहार संवाददाता