जेठ १९, काठमाडौँ
। आज जेठ १९ गते शनिबार ‘दुध तथा
दुग्धजन्य पदार्थको सेवन, दुग्ध
व्यवसायको प्रवर्द्धन’ भन्ने मुल
नाराका साथ विश्व दुध दिवस मनाइँदै छ ।
दुध दिवस
मनाउँदै गर्दा नेपाली किसानले लामो समयदेखि दुधको रकम भुक्तानी पाउन सकेका छैनन्
भन्ने मुख्य चिन्ता भने सधैँ रही रहेको छ ।
किसानले
भुक्तानी पाउन बाँकी ४ अर्बभन्दा बढी रुपैयाँमध्ये पौने २ अर्ब रुपैयाँ डीडीसीको
दायित्वमा रहेको नेपाल डेरी एसोसिएसनले जनाएको छ ।
नेपालमा
बर्सेनि २० लाख मेट्रिक टनभन्दा बढी दुध उत्पादन हुने गरेको कृषि तथा पशुपन्छी
विकास मन्त्रालयले उल्लेख गरेको छ ।
- न्युज बहार संवाददाता