जेठ २१, काठमाडौँ
। २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका लागि सरकारले नारा तय गरेको छ । ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा कृषि तथा पशुपन्छी
विकास मन्त्रालय अन्तर्गत कृषि विभागले तय गरेको हो ।
उक्त
नारा जेठ १६ गते विभागका महानिर्देशक डा. हरि बहादुर के.सी. को अध्यक्षतामा बसेको
२१ औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिको बैठकबाट
राष्ट्रव्यापी रूपमा मनाइँदै आएको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ को लागि तय गरिएको हो ।
- न्युज बहार संवाददाता