Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गोलभेँडाको मुल्य बढ्यो, कति छ अहिले?

  •   १ वर्ष अघि | २८ जेष्ठ २०८२, मङ्लबार

जेठ २७, काठमाडौँ । नेपाली तरकारी बजारमा बजारमा गोलभेँडाको मूल्य बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार

अहिले बजारमा गोलभेँडा ठूलो भारतीय, भारतीय सानो, लोकल सानो, तराई सानो र टनेल गरी पाँच प्रकारको आउने गरेको छ।

आज मंगलबार कालीमाटी बजारमा नेपाली ठूलो गोलभेँडा प्रतिकिलो थोक मूल्य न्यूनतम एक सय रूपैयाँदेखि अधिकतम एक सय दश रूपैयाँ र भारतीय ठूलो गोलभेँडा प्रतिकिलो थोक मूल्य न्यूनतम ७० रूपैयाँदेखि अधिकतम ८० रूपैयाँमा कारोबार भइरहेको छ।

साना गोलभेँडा दैनिक रूपमा खानामा र ठूलो गोलभेँडा होटल तथा रेष्टुरेन्टमा सलादमा प्रयोग हुन्छ।

एक साताअघि कालीमाटी बजारमा नेपाली ठूलो गोलभेँडा प्रतिकिलो थोक मूल्य न्यूनतम ६० देखि अधिकतम ७० रूपैयाँ र भारतीय ठूलो गोलभेँडा प्रतिकिलो थाक मूल्य न्यूनतम ५५ रूपैयाँदेखि अधिकतम ६५ रूपैयाँमा कारोबार भइरहेको छ। 

  • न्युज बहार संवाददाता

थप