Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यस बर्ष साढे पाँच लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने सरकारको लक्ष्य

  •   २ वर्ष अघि | १४ भदौ २०८१, शुक्रबार

भदौं १४, काठमाडौँ । यस बर्ष साढे पाँच लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य सरकारले राखेको छ । सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ मा साढे पाँच लाख मेट्रिक टन मल आयात गर्ने लक्ष्य राखेको हो ।

चालु आर्थिक वर्षमा सरकारले आयात गर्ने रासायनिक मलमध्ये ८८ हजार ३३४ मेट्रिक टन मल आयात गरिसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

हाल सरकारसँग १ लाख १९ हजार ७११ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार ४२ हजार ६४४ मेट डीएपी, ६९ हजार ४०४ मेट्रिक टन युरिया र ७ हजार ६६३ मेट मल  मौज्दात रहेको छ ।

  • न्युज बहार संवाददाता

थप