Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जुनार बगैँचामा प्रोटिन–वेट छिट्न सुरु

  •   २ वर्ष अघि | २५ बैशाख २०८१, मङ्लबार

बैशाख २५, सिन्धुली । सिन्धुलीका अधिकांश जुनार बगैँचामा प्रोटिन–वेट छिट्न सुरु गरिएको छ । प्रोटिन–वेट छर्किनुको मुख्य उदेश्य बनेको जुनारमा लाग्ने औँसा कीरा व्यवस्थापनका हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनका प्रमुख यमकुमार श्रेष्ठका अनुसार प्रोटिन–वेटले जुनार तथा सुन्तला जातका फलफूलमा लाग्ने औँसा कीरा व्यवस्थापन हुने गर्दछ ।
उनका अनुसार प्रोटिन वेट विषादीयुक्त हुन्छ र यो जुनारको फल कुहाउने औँसा नियन्त्रणका लागि छरिएको हो ।

प्रोटिन वेटमा कीरा आकर्षित हुन्छ, यसले प्रोटिन वेट सँगसँगै विषादी पनि खान्छ र मर्छ, त्यसपछी जुनारको फलमा किराले अण्डा पार्न सक्नैन् र किराको औँसा विकास हुन पाउँदैन । यसरी फल जोगाउन  प्रोटिन वेट छर्किने गरिन्छ ।
अहिले बोटमा जुनारको फल गुच्चा आकारको भएको समयमा बगैँचाको प्रत्येक तीन बोट बराबर एक बोटको कुनै एक छेउमा प्रोटिन–वेट छर्कने गरिएको छ ।

स्प्रेकर्तालाई तालिम दिएर जुनार बगैँचामा प्रोटिन–वेट छर्किन बगैँचामा खटाइएको छ ।
सिन्धुली जिल्लाको सुनकोसी, गोलन्जोर, तीनपाटन र फिक्कल गाउँपालिका तथा कमलामाई नगरपालिकाको वडा नं ३ लाई जुनारका ‘पकेट क्षेत्र’ मानिन्छ ।

  • न्युज बहार संवाददाता

थप