बैशाख २६, कालीकोट । कालिकोट जिल्लाको
नरहरिनाथ गाउँपालिकाले गाउँपालिकामा रहेर पशुपालन गर्ने किसानहरुलाई गोठालो भत्ता
दिने भएको छ ।
‘कृषकसँग
उपाध्यक्ष कार्यक्रम’बाट चालु
आर्थिक वर्षको स्वीकृत बजेटअनुसार पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था
गरिएको हो ।
गाउँपालिकाका
प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलका अनुसार गाउँपालिकाले स्थानियस्थरमा पशुपालन
बढाउन किसानलाई गोठालो भत्ताको व्यवस्था गरेको बताउँदै पशुपालक किसानलाई मासिक रु
एक हजार प्रदान गरिने लागिएको हो ।
चारवटा
भैंसी, ३० वटा
बाख्रा र ४० वटाभन्दा बढी भेडा व्यावसायिक रूपमा पाल्ने किसानलाई भत्ता दिइने गोठालो
भत्ता कार्यविधिमा उल्लेख गरिएको छ ।
- न्युज बहार संवाददाता