Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँको बजारमा लहानबाट आउन थाल्यो पाकेको आँप

  •   १ वर्ष अघि | १४ जेष्ठ २०८२, मङ्लबार

जेठ १३, काठमाडौँ । नेपाली फलफुल बजारमा आँप आउन सुरू गरेको छ।

नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका अनुसार बजारमा साता/दश दिनदेखि विभिन्न जातका आँप आउन थालेको हो।

अहिले बजारमा आँप आइरहेको भएता पनि आँपको मुख्य सिजन एक सातापछि नै सुरू हुन्छ।

अहिले बजारमा आएको आँप लहानबाट आएको हो। उपभोक्ताले हाल बजारमा मालदह, दसहरी र बमोई गरी तीन प्रकारको आँप किन्न पाउँछन।

बल्खु बजारमा दसहरी एक सय पाँचदेखि एक सय दश, मालदह आँप प्रतिथोक मूल्य न्यूनतम एक सय र बमोई आँप ८० रूपैयाँ किलोमा बिक्री भइहेको छ।

अब असार १५ सम्म बजारमा तराई क्षेत्रका आँप आउँछ। त्यसपछि साउन अन्तिम सम्म पहाडी भेगका आँप बजार आउन थाल्नेछ।

  • न्युज बहार संवाददाता

थप