Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रायोको सागलाई ब्राण्ड बनाएको रायडाँडा

  •   २ वर्ष अघि | २४ बैशाख २०८१, सोमवार

बैशाख २४, बागलुङ । बागलुङको रायडाँडामा बाह्रैमास रायोको साग उत्पादन हुन्छ । यहाँ उत्पादन भएको रायोको साग अहिले बागलुङ बजार हुँदै पोखरासम्म पुग्न थालेको छ । कृषिमा सम्भावना बोकेको रायडाँडामा उत्पादन भएको रायोको साग अहिले ब्राण्ड नै बनिसकेको छ त्यसैले यहाँका किसानले व्यावसायिक रुपमा नै रायोको साग खेती गर्न थालेका छन ।

प्रत्येक बिहान रायडाँडाबाट रायोको सागले भरिएको जीप बागलुङ बजार आउने गर्दछ ।
स्थानियका अनुसार रायडाँडाको धारापानी गाउँ कृषिमा आत्मानिर्भर रहेको छ भने यहाँका किसानले दैनिक एक पिक आप जिप भरी साग मात्रै बागलुङ बजार पठाउँने गरेका छन ।

यहाँ साग मौसमी र बेमौसमी दुबै समयमा उत्पादन हुने गरेको छ। स्थानियको भनाइ अनुसार दैनिक जसो एक जीप भरी रायोको साग बागलुङ बजार पुग्छ, चिसो ठाउँमा उत्पादन भएको रायोको साग बागलुङ बजारका व्यवसायीले धेरै मूल्य पाउन पोखरा पठाउने गरेका छन् भने हिले रायडाँडाको साग भनेपछि मूल्य बढी पर्न थालेको र रायडाँडाको साग पाएपछि उपभोक्ताले मूल्यमा सम्झौता पनि गर्न छाडेका छन । ताराखोलाको आलु र भाङ्गो भनेजस्तै बजारमा अहिले रायडाँडाको साग भन्ने ब्राण्ड नै बनिसकेको छ ।
याहाँका किसानले वार्षिक दुई लाखसम्म सागबाटै कमाउने गरेका छन भने पाखोबारी भरी साग खेती गर्दै आएको छन ।
उपभोक्ताले यहाँ उत्पादन भएको रायोको साग निकै स्वादिष्ट रहेको बताउँने गरेका छन स्वादिष्ट भएकाले बजारमा खोजी खोजी किन्ने उपभोक्ताहरु बढ्दै छन । 

  • न्युज बहार संवाददाता

थप