असार १८,
काठमाडौँ । नेपाली छुर्पी कुकुर र बिरालाहरूको आहारका रूपमा विदेश निर्यात हुँदै
आएको छ । नेपाली छुर्पी मुख्य गरी अमेरिका
र क्यानडामा लगायत २७ देशमा पुग्ने गरेको तथ्याङ्क सार्वजनिक भएको हो। नेपालबाट
वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढीको छुर्पी निर्यात हुँदै आएको भन्सार विभागले
जनाएको छ ।
विभागको
तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा १५ लाख ३७ हजार १८६ किलो २
अर्ब ९७ करोड ७५ लाख रुपैयाँ बराबर छुर्पी निर्यात भएको हो ।
भन्सार
विभागले नेपाली छुर्पी कुकुर र बिरालोको दानाका रूपमा निर्यात हुने गरेको जनाएको छ
। नेपाल डेरी एसोसिएसनको दाबी अनुसार वार्षिक रुपमा नेपालमा करिब ३६ लाख किलो
छुर्पी उत्पादन हुने गर्दछ ।
- न्युज बहार संवाददाता