Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

कोदो खेती र उत्पादन दुबै घट्दै

  •   २ वर्ष अघि | ११ भदौ २०८१, मङ्लबार

भदौं ११, इलाम । केही वर्षअघि सम्म साउनभदौमा कोदो रोप्ने कामको चटरो हुन्थ्यो । यो समय कोदो रोप्न धमाधम सुरु हुने समय हो  । इलाम जिल्ला सूर्योदय नगरपालिका१ मकरजुङका रमेश राईका अनुसार, अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि कोदो रोप्न भ्याइनभ्याइ हुने गर्दथ्यो तर अहोले कोदो रोप्न छाडिएको छ।

अहिले मकरजुङका किसानले कोदोबाट भन्दा अलैँची, चिया, अकबरे खुर्सानी लगायतका कृषि उपजबाट राम्रो आम्दानी हुन थालेपछी कोदो खेती गर्न छाडेका छन । माइजोगमाई गाउँपालिका३ का मिलन खड्काका अनुसार कसैकसैले घरमा जाँड बनाउन, पूजा गर्न भनेर अलिअलि लगाए पनि बिक्री गर्ने उद्देश्यले खेती हुन छोडेको हो । पैलेपैले गाउँभरि कोदो हुने स्थानमा अहिले कतै चिया त कतै अलैँची भरिएको उनले बताए । उनका अनुसार अहिले कोदोबाट नगद आम्दानी हुन छाडेको छ बरु किसान अकबरे खुर्सानीको व्यावसायिक खेती गर्छन् तर कोदो रोपेको कतै भटिँदैन।

जिल्लाको सबै क्षेत्रमा कादोको उत्पादन बर्सेनि ओरालो लागि रहेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लाको एक हजार चार सय ३२ हेक्टर क्षेत्रमा कोदो खेती हुने गरेको छ । त्यसबाट एक हजार सात सय ४७ टन कोदो उत्पादन हुने गरेको ज्ञान केन्द्रका प्रमुख राम जुगन यादवले जनाएका छन । प्रमुख यादवले इलामका १० स्थानीय तहमै आंशिक रुपमा कोदो खेती हुने गरेको तर,  कोदो उत्पादन भने वार्षिक रूपमा ओरालो लागेको बताउँछन । 

  • न्युज बहार संवाददाता

थप