फागुन १९, खोटाङ । खोटाङ जिल्लामा बाँसको सङ्ग्रहालय स्थापना हुने भएको छ । खोटाङ जिल्लालाई 'बाँसको राजधानी'को रूपमा पहिचान गराउने मुख्य उद्देश्यले बाँसको सङ्ग्रहालय स्थापना गर्ने निर्णय गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी
नगरपालिकाको आयोजनामा सम्पन्न पहिलो राष्ट्रिय बाँस सम्मेलनले यस्तो निर्णय गर्दै
घोषणा पत्र जारी गरेको छ ।
सम्मेलन तीन दिनसम्म चलेको थियो
। सम्मेलनले जारी गरेको ३५ बुँदे 'खोटाङ घोषणापत्र'मा बाँस अध्ययन तथा अनुसन्धान
केन्द्र दिक्तेलमा स्थापना गर्न पहल गर्ने, प्रत्येक वर्ष फागुन १५ गतेलाई ‘राष्ट्रिय बाँस जागरण दिवस’को रूपमा मनाउने जस्ता निर्णय
गरिएको छ ।
त्यसैगरी तीन वर्षमा एक पटक
राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने प्रस्ताव पनि घोषणा पत्रमा सम्मिलित गरिएको छ
। यस घोषणापत्रले बाँसको बहुउपयोगिता र नवीकरणीय स्रोतको महत्त्वलाई स्वीकार गरेको
छ भने दिगो जीविकोपार्जन र वातावरण संरक्षणमा यसको योगदानको विश्वास समेत व्यक्त
गरेको छ ।
- न्युज बहार संवाददाता