Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

किसाहनहरु कफीखेतीतर्फ आकर्षित हुँदै

  •   २ वर्ष अघि | १९ असोज २०८१, शनिबार

असोज १९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका किसाहनहरु कफीखेतीतर्फ आकर्षित हुन थालेका छन् । किसान कफीखेतीतर्फ आकर्षित हुनुको मुक्य कारण भनेको एकपटक विरुवा रोपेपछि ३५४० वर्षसम्म उत्पादन प्राप्त भइरहनु हो ।

जिल्लामा गत आर्थिक वर्षमा रु एक करोड ३२ लाख मूल्य बराबरको ३० मेट्रिक टन कफी उत्पादन भएको थियो । जिल्ला कफी सहकारी संघकी अध्यक्ष मन्दु थापाका अनुसार उत्पादित कफीमध्ये ग्रेडको पार्चमेण्ट ग्रिनवीचकफी प्रतिकिलो आठ अमेरिकी डलरमा कोरिया, अष्ट्रेलिया र जापानमा गरी १० दशमलव तीन मेट्रिक टन निर्यात भई बाँकी स्वदेशमा नै खपत भएको थियो ।

जिल्लाका किसानले कफीखेतीबाट वार्षिक ६० हजारदेखि रु एक लाख २५ हजारसम्म आम्दानी गर्न सफल भएका छन । यसरी कफीबाट राम्रो आम्दानी भएपछि खाद्यान्न बालीको तुलनामा अहिले यसतर्फ अभिरुचि देखाउन किसानहरु बढेका छन ।

कफीको बिरुवालाई छहारीको आवश्यकता पर्छ त्यसैले कफी सँगै केराखेती, फलफूल र खाली जमिनमा अदुवा, खुर्सानी पनि  खेती गरी अतिरिक्त आम्दानी गर्न सकिन्छ । कफी सदावहार बिरुवा भएकाले यसले वातावरण स्वच्छ राख्न र भूक्षय रोक्नसमेत सघाउ पुराएको हुन्छ ।

  • न्युज बहार संवाददाता

थप