Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

केराखेती गर्ने किसानको सङ्ख्या बृद्धी

  •   २ वर्ष अघि | ३१ भदौ २०८१, सोमवार

भदौ ३१, घोराही । दाङ जिल्लामा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बृद्धी हुँदै गएको छ । केराखेतीका लागि दाङ जिल्लाको देउखुरी क्षेत्रमा माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी हुने हुनालेले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बृद्धी हुँदै गएको हो ।

दाङ जिल्ला राप्ती गाउँपालिका७ सिसहनिया निवासी विद्याबहादुर चौधरीले पनि विगत चार वर्षदेखि केराखेती गर्दै आइरहेका छन् । उनले सुरुमा तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केराखेती सुरु गरेका हुन । यसै केरा खेतीबाट उनले अहिले वार्षिक १३१४ लाख बराबरको केरा बिक्री गर्दै आएका छन ।

किसान चौधरीका अनुसार उनले केराखेतीबाट राम्रो आम्दानी लिँदै आएका छन भने अन्य कृषि व्यवसायको तुलनामा केराखेतीले राम्रै आम्दानी दिने गरेको छ । यस खेतीमा धेरै मेहनत पनि गर्नु पर्ने हुँदैन ।

किसान चौधरीले भने ‘अन्य कृषिबालीजस्तो जोखिम नहुने र परिवारसँग घरमा बसेर राम्रो आम्दानी गर्न सकिने भएकाले केराखेतीबाट सन्तुष्ट छौँ।’ उनका अनुसार उनी आगामी दिनमा खेतीलाई बढाउँदै लैजाने तयारीमा रहेका छन ।

उनले उत्पादन गरेको केरा बिक्रीमा समस्या नरहेको र  अहिलेसम्म उत्पादन भएको केरा व्यवसायीले बारीबाटै लग्ने गरेका उनी बताउँछन ।

  • न्युज बहार संवाददाता

थप