Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

स्याउ बिक्री गर्ने किसानहरूलाई सहुलियत र सुविधा प्रदान गर्न तयार छु : ज्ञानेन्द्र शाही

  •   २ वर्ष अघि | २५ असोज २०८१, शुक्रबार

असोज २५, काठमाडौँ । राप्रपा नेता सांसद ज्ञानेन्द्र शाही आफ्नो अभिव्यक्तिका कारण प्राय सधैँ चर्चामा आइरहेका हुन्छन । आफ्ना विचार सडक र सदनमा सधैँ प्रखर रूपमा राख्न उनी माहिर मानिन्छन ।

यति बेला सांसद शाही जुम्लाको स्याउको प्रचारप्रसार लागि भनेका कुराहरु चर्चामा छन । उनका अनुसार जुम्लामा प्रशस्त स्याउ फल्छ तर विदेशबाट नेपालमा बर्सेनि ७ अर्ब रुपैयाँ बढीको स्याउ आयात गरिएको मन परेको छैन । 

अहिले उनले नेपालमा स्याउ बढी फल्ने जुम्ला, मुगु, बाजुरा, मुस्ताङको स्याउलाई स्वदेशमै बजार पाउनुपर्ने कुरा जोडदार रूपमा उठाइरहेका छन् ।

उनी हरदम स्याउ बिक्री गर्न किसानहरूलाई सहुलियत र सुविधा प्रदान गर्न तम्तयार छन् । उनी स्याउ बेचेरै किसानहरू समृद्ध बन्न सक्छन् भन्ने कुरा प्रमाणित गरेर देखाउन चाहन्छन् । 

  • न्युज बहार संवाददाता

थप