Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अहिले बजारमा कति छ अंगुरको मुल्य?

  •   १ वर्ष अघि | २७ माघ २०८१, आइतवार

माघ २७, काठमाडौँ  । अहिले बजारमा अंगुर आउन थालिसकेको छ । सिजन सुरु भएसँगै बजारमा अंगुरको मूल्य घट्न पनि छ।

नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौँका अनुसार सिजन सुरू भएसँगै अंगुरको मूल्य क्रमश घट्न थालेको हो ।

हाम्रो बजारमा अंगुर कालो र हरियो गरी दुई प्रकारका पाइने गर्दछन ।

केही दिन अघी सम्म बल्खु बजारमा हरियो अंगुरको होलसेल मूल्य दुई सय थियो । अहिले प्रतिकिलो एक सय ५० रूपैयाँमा बिक्री भइरहेको छ। 

अहिले अंगुरको होलसेल मूल्य घटेसँगै उपभोक्ता मूल्य पनि घटेको छ। हाल उपभोक्तालाई अंगुर प्रतिकिलो दुई सयदेखि दुई सय ८० रूपैयाँसम्ममा पाइन्छ ।

फागनुदेखि जेठसम्मको समयलाई अंगुरको मुख्य सिजन मानिन्छ । सिजनमा सबै क्षेत्रका अंगुर गुलियो र मिठो हुन्छन ।

उनका अनुसार अंगुरको मूल्य घट्न थालेको तीन/चार दिन भयो। तीन/चार दिन अघि त्यस्तै, कालो अंगुर प्रतिकिलो होलसेल मूल्य तीन सयमा कारोबार भएकोमा अहिले दुई सय रूपैयाँमा कारोबार भएको छ।

 

  • न्युज बहार संवाददाता

थप