Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

घोँगीको व्यापार आम्दानीको नयाँ स्रोत बन्दै

  •   २ वर्ष अघि | २९ कार्तिक २०८१, बिहिबार

कात्तिक २९, सुनसरी । धरानका अधिकांश महिलाहरुको लागि घोँगीको आम्दानीको नयाँ आधार बनेको छ । घोँगीको व्यापारबाट आएको पैसाले उनिहरुले आफ्ना आवश्यकताहरु पुरा गरिरहेका छन भने घर परिवारलाई पनि आर्थीक पाटोमा सघाएका छन । केही समयदेखी घोँगीको व्यापार गर्दै आएकाहरु बताउँछन यसबाट राम्रो आम्दानी हुने गरेको छ ।

उनिहरुले पोखरीबाट आँफै घोँगी खोजेर बिक्री गर्दै आएको बताउँछन । घोँगी खोज्न गरिएको मेहनत अनुसार आंदानी पनि राम्रो हुने र अरु व्यवसायको तुलनामा यो काम निक्कै सहज पनि हुने गरेको छ । रामधुनी नगरपालिका–१ झुम्काका स्थानियहरुको घोँगी व्यापार पुर्ख्यौली व्यापार जस्तै पनि हो ।  झुम्कामा लाग्ने हटियाबजार घोँगी व्यापार गर्ने मुख्य थलो हो ।

झुम्काको हटियाबाहेक कालाबन्जर बराह क्षेत्रलगायत ठाउँमा पनि हटियाबजार लागेको समयमा घोँगीको पाइने गर्छ । घोँगी खोज्न भने झुम्कादेखी मोरङको निमुवा पोखरीसम्म पुग्नु पर्छ । तर खोज्न टाढा जानुपरेता पनि यसको बिक्रीबाट मासिक रु ५० हजारसम्म मज्जाले आम्दानी हुने गरेको व्यापारीहरु बताउँछन ।  

घोँगी किन्न प्रत्येक हप्ता लाग्ने हाटबजारमा बराहक्षेत्र, इटहरी, धरान, इनरुवालगायका ठाउँहरुबाट ग्राहक आउने गर्दछन । मागअनुसार घोँगी पुर्याउन सकिने अवस्था नभएको व्यापारीहरु बताउँछन । हटियाबजामा प्रतिकिलो घोँगी रु एक सयमा बिक्री हुने गरेको छ । एक दिन मा ९० देखि १०० किलो सम्म घोँगी बिक्री हुन्छ ।

  • न्युज बहार संवाददाता

थप