Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एकै प्रदेशमा १२ करोड रुपैयाँ भन्दा बढीको फुल उत्पादन

  •   २ वर्ष अघि | १६ कार्तिक २०८१, शुक्रबार

कात्तिक १६, बुटवल । यो वर्ष लुम्बिनी प्रदेशमा १२ करोड रुपैयाँ भन्दा बढीको फुल उत्पादन भएको छ ।

यो वर्ष(२०८१)मा लुम्बिनी प्रदेशमा मात्र १२ करोड ३४ लाख रुपैयाँभन्दा बढी मूल्यको सयपत्री फूल उत्पादन भएको हो ।

यो वर्ष प्रदेशमा ३ लाख ८ हजार ५ सय किलो सयपत्री फूल उत्पादन भएको प्रदेशको कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृतले जनाएका छन ।

प्रदेशमा प्रतिरोपनी ६ सय किलो फूल उत्पादन भएको र प्रदेशमा यो वर्ष करिब १० कट्ठा क्षेत्रफलमा मखमली खेती र २५.७२ हेक्टर क्षेत्रफलमा व्यावसायिक सयपत्री खेती भएको कृषि विकास निर्देशनालयले यस प्रदेशमा तयार पारेको तथ्याङ्कले देखाएको छ ।

  • न्युज बहार संवाददाता

थप