फागुन १, काठमाडौँ । अहिले विषादी बिनाको तरकार, फलफुल पाइन्छ र
भन्नु पर्ने समय छ । तर अहिले पनि फ्रेसकेटिएम फार्मिङले विषादी नियन्त्रित तरकारी
र फलफूल खेतीलाइ जोड दिँदै यसको खेती गरिरहेको छ।
फ्रेसकेटिएम
फार्मिङले रौतहट जिल्लामा १०० बिघा क्षेत्रफलको जमिनमा विषादी नियन्त्रित फलफूल, तरकारी, धान, गहुँ, मकै, तोरी र दाललगायत उत्पादन गर्दै
आएको हो।
उक्त
फार्ममा उत्पादित विषादी रहित तरकारी, फलफूल र अन्य खाद्यान्नहरू
फ्रेसकेटिएमले आफ्नै आउटलेटहरूबाट बिक्री गरिरहेको छ ।
फ्रेसकेटिएमका आउटलेटहरू काठमाडौँको रातोपुल, झम्सिखेल र भैंसेपाटीमा रहेको छ
। यी आउलेटहरुमा उक्त विषादी रहित खाद्यान्न तथा तरकारी फलफुलहरु खरिद गर्न सकिन्छ
।
फ्रेसकेटिएमका
निर्देशकका अनुसार फ्रेसकेटिएम फार्मिङले एकीकृत पोषण व्यवस्थापन र एकीकृत किट
व्यवस्थापन अपनाएर सुरक्षित खेती प्रणाली विकसित गरेको हो ।
अहिले फार्ममा २५ भन्दा बढी प्रकारका तरकारीहरू फलिरहेको छ ।
तरकारीका साथै तोरी, गहुँ र दाल पनि उत्पादन हुने गरेको छ
।
उक्त फार्ममा एक सयभन्दा बढीले काम गरिरहेका छन ।
- न्युज बहार संवाददाता