असोज २, म्याग्दी
। पश्चिम म्याग्दीमा विसं २०५० पछि कोदोखेती गर्ने भेटिन छाडेका थिए तर तीन
वर्षयता भने फेरि कोदोखेती गर्ने किसानको संख्या बृद्धी भएको छ । किसानहरु कोदो
खेती तर्फ आकर्षित हुनुको कारण यसबाट हुने राम्रो आम्दानी नै हो ।
अहिले गाउँघरबाट
मात्र नभएर सहरबजारबाट पनि कोदो किन्न गाडी लिएर गाउँगाउँमा नै ग्राहक आउन थालेको
स्थानिय बताउँछन । किसानले
भनेकै मुल्यमा घरबाट नै कोदो बिक्री हुन थालेपछि वर्षौँसम्म बाँझिएको बारीमा अहिले
खनजोत गरी कोदोखेती सुरु गरिएको छ ।
यहाँका
किसानका अनुसार प्रतिपाथी रु दुई सयका दरले घरबाट नै कोदो बिक्री हुने गरेको छ भने
गत वर्ष पाँच मुरी कोदो बेचिएको थीयो । गत वर्ष भन्दा यस वर्ष कोदो खेती राम्रो
भएको र यस वर्ष पोहोरको भन्दा बढी आम्दानी हुने आशा गरिएको किसानहरुले बताएका छन ।
- न्युज बहार संवाददाता