Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

धान रोपिएको खेतमा बिना खनजोत मकै खेति, किसान उत्साहित

  •   २ वर्ष अघि | ६ माघ २०८१, आइतवार

माघ ६, झापा । झापाका केही स्थानमा खेतीका केही नवीनतम् प्रविधि प्रयोगमा ल्याइको छ  । त्योप्रविधी हो सुन्य खतजोत प्रविधी । सुन्य खतजोत प्रविधीबाट मकैखेती हुने भएपछि यहाँका किसान हरु पनि उत्साहित भएका छन् । धान रोपेको खेतमा खनजोत नै नगरी सोझै मकै बाली लगाउन सकिने भएपछि किसानहरु उत्पासाहित भएका हुन् । झापा बाह्रदशी गाउँपालिका–६ का किसानका अनुसार मकै रोप्ने बेलामा उम्रिन्छ जस्तो नलागेको तर अहिले मकैको बिरुवा उम्रिएको छ । अब खेती पनि राम्रै हुनेमा किसानहरु आशावादी छन ।

जिल्लाका तीन स्थानमा ‘कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रम’अन्तर्गत शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषि ज्ञान केन्द्रले कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा प्रदर्शनीका रूपमा शून्य खनजोत प्रविधिबाट मकैखेतीको प्रदर्शनी खेती गरेको हो । यो प्रविधिको प्रयोगबाट किसानको उत्पादन लागत घट्ने तथा नयाँ प्रविधि विस्तार र माटोको गुस्तर सुधार हुने जनाइएको छ । कृषि ज्ञान केन्द्रका अनुसार धान काटेको खेतमा खनजोत नगरी मेसिनको प्रयोगबाट एकैपटक मकैको बीउ र मल हालेर मकै रोपिने छ ।

मकैखेतीका लागि खेतबारी खनजोत गर्न खर्च लाग्न  गरेकोमा अब यसरी बिना खनजोत खेती गर्दा उत्पादनको लागत कम आउने देखीएको छ । यस वर्ष पहिलोपटक यसरी खेती गरेका किसानले मकै राम्रो उत्पादन भए अर्को वर्ष पनि यसरी नै खेति गर्ने जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप