Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कोदोको माग उच्च हुन थालेपछी बाँझो बारीमा कोदो खेती गर्दै किसानहरु

  •   २ वर्ष अघि | २५ कार्तिक २०८१, आइतवार

कात्तिक २५, म्याग्दी । हिजोआज सहरबजारका गन्यमान्यका बिच कोदो तथा कोदोबाट बनेको परिकार प्रिय बन्न थालेको छ । केही वर्षअघिसम्म गाउँलेको खान्की भनेर हेपिएको कोदोको माग आज भोली सहर बारमापनि बढ्दो छ ।  कोदोको माग बढ्दै गर्दा पहाडी जिल्लाका ग्रामीण भेगमा कोदोखेती विस्तार हुन सुरु भएको छ ।

म्याग्दी जिल्लामा पनि कोदो खेती बिस्तार भएको छ । व्यापारीहरु गाडी लिएर सहरबजारबाट कोदो खोज्दै गाउँगाउँमा नै आउन थालेपछि जिल्लाको पश्चिमी भेग मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा कोदोखेती बिस्तार गरिएको हो । मालिका गाउँपालिका–२ का किसानहरुका अनुसार कोदो टिप्न नपाउँदै व्यापारी घरघरमा आएर अग्रिम रूपमा पेश्की दिएर जान थालेका छन ।

अहिले मालिका गाउँपालिका–६ का धेरै जस्तो सथानमा जताततै कोदो लगाइएको पइन्छ । गत वर्ष यहाँका स्थानीयले दुई सय मुरीभन्दा बढी कोदो उत्पादन गरेका थिय । यस वर्ष साढे तीन सय मुरी कोदो उत्पादन गर्ने लक्ष्यका साथ कोदोखेती विस्तार गरिएको छ ।  यस वर्ष गत वर्षको भन्दा एक सय २० रोपनी बढी जग्गामा कोदोखेती विस्तार गरिएको छ । 

सहर बजारमामा कोदोको माग उच्च हुन थालेपछी वर्षै देखि बाँझो रहेको बारीमा किसानले पुन: कोदो खेती सुरु गरेका छन । 

  • न्युज बहार संवाददाता

थप