Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

टमाटर खेतीबाट राम्रो कमाइ गर्दै किसान

  •   २ वर्ष अघि | ३ पुस २०८१, बुधबार

पुस ३, सर्लाही । तरकारी उत्पादनको हिसाबले सर्लाही जिल्लाको उत्तरी क्षेत्र निकै परिचित ठाउँ हो।

सर्लाहीसहित देशका मुख्य बजारसम्म यस क्षेत्रमा उत्पादित हरियो तरकारी पुग्ने गरेको छ।

अन्य तरकारीसँगै टमाटर खेतीबाट यहाँका किसानले मनग्य आम्दानी लिने गरेका छन्। त्यसैमध्येका एक कृषक हुनुहुन्छ, सर्लाही जिल्ला हरिवन नगरपालिका–४, गणेशचोक निवासी ५९ वर्षका कामिल मिकरानी। मिकरानीका अनुसार टमाटर खेतीबाट बर्सेनि पाँच लाख रूपैयाँसम्म आम्दानी हुने गरेको छ।

व्यापार छोडेर मिकरानीले टमाटर खेती सुरु गरेका हुन ।

उनले सुरुमा थोरै मात्र तरकारी र त्यसमा पनि टमाटर लगाउने गरेको थिए । पछि उनी आफ्नो कपडाको व्यापार छोडेर पुरै समय कृषिकर्ममा लागेका हुन ।'

अहिले दुई बिघा जमिनमा मिकरानीले टमाटर खेती गरिरहेका छन्।

उनका अनुसार अहिले एक बिघामा चिउरी र एक बिगामा कविता जातको टमाटर रोपेका छन । राम्रो भाउ आउने समयमा उत्पादन गर्ने गरि टमाटर लगाउन सके टमाटरबाट राम्रो पैसा हुने उनले बताए ।

  • न्युज बहार संवाददाता

थप