Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि एकै पालिकाबाट पाँच करोड भन्दा बढीको अदुवा बिक्री

  •   २ वर्ष अघि | ८ माघ २०८१, मङ्लबार

माघ ८, रूकुम पश्चिम । यस वर्ष रूकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा अदुवा उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । उत्पादनमा बृद्धी भएसँगै अदुवाको मूल्य पनि बढेको छ । यस वर्ष गत वर्षभन्दा अदुवाखेती गर्ने किसानको सङ्ख्या भने घटेको छ तर अदुवा उत्पादन भने बृद्धी भएको छ ।

त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनका अनुसार यस वर्ष यहाँबाट करिब छ करोडको अदुवा बिक्री भएको जानकारी दिए हो । किसानले अदुवा बिक्रीबाट मात्र पाँच करोड ९२ लाख आम्दानी गरेका छन् । त्रिवेणीमा गाउँपालिकामा दश वटा वडाहरु रहेका छन भने त्याहाँका एक हजार ९५० परिवारले अदुवाखेती गर्दै आएका छन् ।

यस वर्ष पालिकाभर १५ दशमलव छ मेट्रिकटन अर्थात १५ हजार छ सय क्विन्टल अदुवा उत्पादन भएको छ । 

  • न्युज बहार संवाददाता

थप