पुस ७, काठमाडौँ । यस वर्ष बागमती प्रदेशमा धानबाली उत्पादन घटेको
छ ।
बागमती
प्रदेश कृषि विकास निर्देशनालयका अनुसार गत असोज ११ र १२ को वर्षासँगै आएको
बाढीपहिरोले क्षति पु-याउँदा धान उत्पादनमा १.३७ प्रतिशतले उत्पादनमा ह्रास आएको हो
।
निर्देशानलयका
कृषि अर्थविज्ञ नवीन कुँवरले बागमती प्रदेशमा चालु आर्थिक वर्षमा कुल एक लाख पाँच
हजार ४१५ हेक्टरमा धानबाली लगाइएकामा प्रतिहेक्टर ३.८७ मेट्रिक टनका दरले चार लाख
आठ हजार ३१६ मेट्रिक टन धान उत्पादन भएको जानकारी दिएका छन ।
कुँवरका
अनुसार अघिल्लो आव २०८०/८१ मा एक लाख नौ हजार एक सय ५१ हेक्टरमा धानबाली लगाइएकामा
चार लाख १३ हजार ९८८ मेट्रिक टन उत्पादन भएको थियो।
- न्युज बहार संवाददाता