बैशाख २७, कञ्चनपुर । पूर्वपश्चिम
महेन्द्र राजमार्गको छेउमा साना छाप्रा देख्दा के होला भन्ने लाग्न सक्छ । त्यी छाप्रामा
तर्बुजा (खर्बुजा) राखेर कोही ग्राहक कुरिरहेका हुन्छन भने कोही बिक्रीमा व्यस्त रहेको
देख्न सकिन्छ ।
तर्बुजा
बेच्नेको भीड कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ पर्ने वनरा पुल वारिपारी प्रस्सत
देख्न सकिन्छ । यहाँ रोकिएर महेन्द्र राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुहरुले तर्बुजा
खरीद गर्ने गर्छन्।
गत
चैतदेखि कृष्णपुर नगरपालिका–२ का रामकृष्ण चौधरीले राजमार्ग छेउमा तर्बुजा बिक्री गर्न
अस्थायी छाप्रो बनाएर पसल थापेका छन । उनले वनरा नदीको बगरमा तर्बुजा खेती गर्ने र
बर्सेनि राजमार्गमा छाप्रो बनाएर तर्बुजा बिक्री गर्दै आएका छन् ।
उनका
अनुसार उनले बगरमा पाँच कठ्ठा र अन्यत्र दुई बिगाह जमिनमा तर्बुजा, काक्रा, फर्सी खेती गरेको छन । उनको तर्बुजा
बिक्रीबाट घरखर्च चल्ने गरेको छ ।
उनका
अनुसार दैनिक रु तीन-चार हजारको बिक्री हुने गरेको छ,
भने चैत
महिनादेखि जेठ अन्तिमसम्म राजमार्गमा पसल थापेर तर्बुजा बिक्री गर्ने गरिएको छ । अहिले
दैनिक १५-२० क्विन्टल तर्बुजा बिक्री भइरहेको छ । अहिले प्रतिकिलोग्राम रु ५० का
दरले तर्बुजा बिक्री हुने गरेको छ ।
- न्युज बहार संवाददाता