Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काँक्रोको बीउ बिक्रीबाट करौडौँ आम्दानी

  •   २ वर्ष अघि | २३ माघ २०८१, बुधबार

माघ २३, पर्वत । पर्वत जिल्लाको किसानहरुले काँक्रोको बीउ बिक्री गरेर मनग्य आम्दानि गरेका छन । जिल्लाको फलेवास नगरपालिका वडा नम्बर ११ पाङ्राङका कृषकहरुले काँक्रोको बीउ बिक्री बाट ६ करोड आम्दानी गरेका हुन ।

यहाँका कृषकले अहिले मात्र हैन विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका थिए । सोही बिउ बिक्रीबाट यसवर्ष छ करोड ३० लाख रुपैयाँ आम्दानी भएको हो ।

विसं २०५७ मा स्थानीय कृषकको नेतृत्वमा नारायणस्थान बीउ उत्पादन समूह गठन गरि याहाँका किसानले व्यावसायिक रूपमा बीउ उत्पादन सुरु गरेका हुन । यस वर्ष मात्र ६३ क्विन्टल काँक्रोको बीउ उत्पादन गरिएको छ ।

सोही उत्पादित बिउलाई प्रतिकिलो रु १० हजारका दरले बिक्री गरिएको किसानले बताएका छन । याहाँका कृषकले भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएका छन्।

 

  • न्युज बहार संवाददाता

थप