Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१५ अर्ब ९३ करोड रुपैयाँको मकै आयात

  •   १ वर्ष अघि | १५ जेष्ठ २०८२, बुधबार

जेठ १४, काठमाडौँ । १५ अर्ब ९३ करोड रुपैयाँको मकै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा आयात भएको छ । 

भन्सार विभागका अनुसार २०८१ साउनदेखि २०८२ वैशाखसम्ममा १५ अर्ब ९३ करोड ४९ लाख रुपैयाँको २९९९८९.९४ मेट्रिक टन मकै आयात भएको छ । 

यसमध्ये २७३४.९३ मेट्रिक टन ९६ करोड १९ लाख ५२ हजार रुपैयाँको बीउ मकै आयात भएको छ भने यस्तै २९७२५५.०१ मेट्रिक टन १४ अबै ९७ करोड २९ लाख ४७ हजार रुपैयाँको मकै आयात भएको हो ।

सो परिमाणमा मकै आयात हुँदा १ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप