Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बेनीमा पहिलो पटक अकबरे खुर्सानीको व्यावसायिकखेती सुरु

  •   २ वर्ष अघि | २१ असोज २०८१, सोमवार

असोज २१, म्याग्दी । जिल्लामै पहिलोपटक म्याग्दी जिल्लाको  बेनी नगरपालिका३ भकिम्लीका किसानले अकबरे (डल्ले) जातको खुर्सानीको व्यावसायिकखेती थालेका छन् । 

भकिम्लीका किसानले व्यक्तिगत र सामूहिक रुपमा व्यावसायिक अकबरेखेती गर्न थालेका जानकारी कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले दिएका छन । बास्तोलाका अनुसार याहाँको भूगोल र हावापानी अनुकूल भएकाले व्यावसायिक अकबरे खुर्सानीखेती सफल देखिएको छ  अहिले  बेनीको बेनी, तातोपानी, गलेश्वर, दरवाङलगायत बजार क्षेत्रमा आवश्यक पर्ने अकबरे खुर्सानी तराई र पूर्वी पहाडी जिल्लाबाट ल्याउने क्रम क्रमश घट्दो छ ।” 
भकिम्लीमा अहिले कोदो, मकैलगायत परम्परागत खाद्यबालीको विकल्पमा अकबरे खुर्सानीको खेती हुन थालेको छ । अकबरे खुर्सानीको बजार राम्रो भएकोले यसबाट राम्रो आम्दानी लिन सकिने किसानगरु बताउँछन ।
याहाँ उत्पादित भएको अकबरे खुर्सानी बेनीक तरकारी पसलमा होलसेलमा प्रतिकिलो रु २५० का दरले बिक्री हुने गरेको छ ।  त्यसैले परम्परागत अन्नबालीको तुलनामा खुर्सानीखेतीबाट धेरै गुणा बढी आम्दानी गर्न सकिने याहाँका खुर्सानि उत्पादक किसान बताउँछन  

अकबरे खुर्सानीखेती दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा गर्न सकिन्छ । 

  • न्युज बहार संवाददाता

थप