Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बागलुङ जिल्लामा फलेको अकबरे खुर्सानी विदेश निर्यात

  •   २ वर्ष अघि | ३० भदौ २०८१, आइतवार

भदौ ३०, बागलुङ । नेपालको बागलुङ जिल्लामा उत्पादित अकबरे खुर्सानी विदेश निर्यात हुन थालेको छ। बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानीका किसानले लगाएको एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी दुबई निर्यात गरिएको हो ।

एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी गत वैशाखदेखि हालसम्म विदेश निर्यात भइसकेको छ।

‍तत्कालीन कृषि कार्यालय बागलुङले विसं २०७० मा वडा नम्बर ८ लेखानीका किसान लालकुमारी पुनको गाउँमै पुगेर कृषि व्यवसाय प्रवर्द्धन तालिमको आयोजना गरेको थियो।

त्यही तालिम नै उनको जीवनमा कोसेढुङ्गा सावित हुन पुग्यो । कृषि कार्यालय बागलुङका तत्कालीन प्रमुख विनोद हमालले उक्त तालिममा सहभागी भएका ६९ जनालाई एक/एक प्याकेट अकबरे खुर्सानीको बीउ दिएका थिए ।

सोही समयपछी लालकुमारीको दैनिकी फेरियो ।

लालकुमारीले यतिबेला त्यही एक प्याकेट खुर्सानीको बीउबाट फैलाउँदै र बढाउँदै पाँच रोपनी जग्गामा व्यावसायिक खुर्सानीखेती गरेकी छन्।

विसं २०७२ बाट व्यावसायिक खेती सुरु गरेकी लालकुमारीको बारीमा अहिले बर्सेनि २० क्विन्टलभन्दा बढी खुर्सानी उत्पादन हुने गरेको छ ।

पहिले पहिले बागलुङ बजारमा लालकुमारीको खुर्सानी बिक्री हुने गरेकोमा, विस्तारै जिल्ला बाहिर पनि बिक्री सुरु भयो र विसं २०७९ देखि व्यावसायिक रुपमै उत्पादन भएको खुर्सानी दुबई पठाउन थालिएको हो ।

पहिले पहिले खुर्सानी फलाएर पाकेर रातो भएपछि मात्रै बिक्री गर्ने हुने गरेको थियो भने अहिले हरियो हुँदै बिक्री हुने गरेको छ।

लालकुमारीका अनुसार प्रतिकेजी तीन सय रुपैयाँ र प्रतिमाना एक सय रुपैयाँका दरले अकबरे खुर्सानी गाउँबाटै बिक्री हुने गरेको छ भने खुर्सानीमात्र बेचेर वार्षिक तीन लाखभन्दा बढी आम्दानी हुने गर्दछ ।

  • न्युज बहार संवाददाता

थप