Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आलु उत्पादनमा प्रसिद्ध क्षेत्रहरुमा आलु उत्पादनको क्षेत्र विस्तार गर्दै कृषि ज्ञान केन्द्र

  •   ३ वर्ष अघि | ५ चैत्र २०८०, सोमवार

चैत ५, बागलुङ । बागलुङ जिल्लाका आलु उत्पादनमा प्रसिद्ध क्षेत्रहरु हुन ताराखोला, ढोरपाटन र निसीखोला । यी स्थानमा बाहेक बागलुङ जिल्लाका अन्य केही स्थानमा पनि आलु खेती हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्रले बागलुङ आलु खेतीका लागि उर्वर भएका कारण यस वर्षदेखि आलु उत्पादनको क्षेत्र विस्तार गर्न थालेको छ । रु तीन करोड ५० लाख  रुपैयाँ चालु आर्थिक वर्षमा विनियोजन गरेर किसानलाई ज्ञान केन्द्रले आलुको बिउ वितरण गरिरहेको छ । कृषि ज्ञान केन्द्र आलु खेतीतर्फ कृषकलाई आकर्षित गर्न यसबाटै आत्मनिर्भर बनाउनेतर्फ सक्रिय बनेको हो।

बसाइसराइका कारण पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । उक्त बाँझो जमिनमा आलु खेती गरे प्रयोगमा आउने र आलु खेतीको क्षेत्र विस्तार हुने जनाइएको छ ।  निर्वाहमुखी खेतीका रुपमा आलु खेती गर्दै आएकाहरुको लागि अब आलु व्यावसायिक रूपमा पनि रहने छ ।  

कृषि ज्ञान केन्द्रले किसानलाई कृषक समूह र कृषि सहकारीमार्फत उन्नत जातका आलुको बिउ उपलब्ध गराउन थालेको छ । केन्द्रका अनुसार बिउका लागि र खाएन (खानका) लागि गरी दुई थरी आलु किसानलाई वितरण गरिरहेको छ । कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार मगरका अनुसार बागलुङलाई आलुमा आत्मनिर्भर बनाई किसानलाई आयआर्जनसँग जोड्न यस वर्ष आलु खेतीको क्षेत्र विस्तार  गरिएको हो । १५० हेक्टर क्षेत्रफलमा खाएन र बिउ आलु लगाइने मगरले जनाएका छन । 

  • न्युज बहार संवाददाता

थप