Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

घाँस बेच्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी

  •   ३ वर्ष अघि | ८ फाल्गुन २०८०, मङ्लबार

फागुन ८, काठमाडौँ । काठमाडौँको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयले घाँस बिक्रीका लागि सुचना प्रकाशित गरेको छ । बागमती प्रादेशिक अन्तर्गत काठमाडौँको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयले पर्वलाई लक्षित गरी खरिद गरेका जिउँदो खसी बोका, च्याङग्राहरुलाई खुवाउने बाँकी रहेको हरियो डाले घाँसको सिटा पात र घस्यौटा पतिङ्गर बेच्ने लागेको हो । 

सूचना प्रकाशन गर्दै कम्पनीले २०८० सालको बडा दसैँ पर्वलाई लक्षित गरी खरिद गरेका जिउँदो खसी बोका, च्याङग्राहरुलाई किनेको हरियो डाले घाँसको सिटा पात र घस्यौटा पतिङ्गर परिसर सफा हुने गरी इच्छुक व्यक्तिले सात दिनमा लैजान सक्ने भन्दै गरेको छ । 

कम्पनिले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालयमा नेपाली नागरिकताको प्रतिलिपि संलग्न गरी दर रेट खुलाई खरिदका लागि आवेदन पेस गर्न आग्रह समेत गरेको छ । 

थप