कात्तिक २१, काठमाडौँ । महोत्तरी जिल्लामा छठपर्वमा बिक्री गर्ने उद्देश्यले भारतबाट ५० लाख बराबरका केरा भित्र्याएका छन्। व्यवसायीहरुले जिल्ला सदरमुकाम जलेश्वरमा छठपर्वलाई लक्षित गर्दै करिब ५० लाख बराबरको केरा भारतबाट आयात गरेका हुन।
जलेश्वरका
व्यवसायी गणेश साहका अनुसार आज जलेश्वरमा लाग्ने अन्तिम हाटबजारमा ५० लाखको केरा ल्याइएको
हो ।
व्यवसायीहरुले पहिलेपहिले २०–२५ लाखसम्मको केरा ल्याइने गरिएको
भएतापनि यस वर्ष भने ५० लाखको केरा ल्याइएको बताएका छन ।
यसपालि जलेश्वरमा
केरा व्यवसाय गर्दै आएका पाँच–सात जना व्यापारीले सामूहिक रूपमै २५ ट्रक केरा मगाएका छन् ।
यस वर्ष जलेश्वरमा ४० ट्रक केरा ल्याइएको छ । विगत वर्षहरूमा १५
देखि २० ट्रकमात्र केरा आउने गरेको थियो ।
यसपालि जलेश्वर बजारमा केरा प्रतिघार छ–सात सयदेखि एक हजार, १५ सयसम्म बिक्री भइरहेको जानकारी व्यवसायीहरुले दिइका छन।
- न्युज बहार संवाददाता