Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँ दुग्ध वितरण आयोजनामा १ अर्ब ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँको दुग्धजनय पदार्थ मौज्दात

  •   ३ वर्ष अघि | ७ चैत्र २०८०, बुधबार

चैत ७, काठमाडौँ । काठमाडौँ दुग्ध वितरण आयोजनामा १ अर्ब ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँको दुग्धजनय पदार्थ मौज्दात रहेको छ ।

दुग्ध विकास संस्थान (डीडीसी) अन्तर्गत पर्ने उक्त आयोजनामा ६६ करोड १ लाख १७ हजार २५० रुपैयाँ बराबरको १ लाख १५ हजार ५६५ किलो धुलो दूध मौज्दात रहेको हो । 

आयोजनाका अध्यक्ष गणेश कुमार यादवका अनुसार यस्तै, उनका अनुसार ६९ करोड ४ लाख २९ हजार ६ सय रुपैयाँ बराबर ७ लाख ६७ हजार १४४ किलो मख्खनको मौज्दात रहेको छ ।  काठमाडौँ उपत्यका नजिक जिल्लाबाट दैनिक ६५ देखि ७० हजार लिटर दुध सङ्कलन गरिरहेको उनले बताएका छन ।

काठमाडौँ दुग्ध वितरण आयोजनामा सुख्खा सिजनमा मात्र ४० हजार लिटर दुध सङ्कलन हुने गरेको छ । 

बिक्री अन्तर्गत दैनिक औषतमा ६७ देखि ७० हजार लिटर दुध बिक्री हुने गरेको छ।  

  • न्युज बहार संवाददाता

थप