Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

शेयर बजारमा उच्च गिरावट, कारोबार रकम के भयो?

  •   २ वर्ष अघि | १० चैत्र २०८१, आइतवार

चैत १०, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ ।

आइतबार नेप्से परिसूचक ५४.६२ अंकले घटेर २६१४.६८ विन्दुमा झरेको छ ।

यस दिन नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। बजारमा यस दिन ३१७ स्टकको ७२ हजार २६५ पटकको कारोबारमा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार रुपैयाँबराबरको १ करोड २३ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ४२ करोड ६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ। १३ उपसुचकहरु मध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशतले घटेको छ।

  • न्युज बहार संवाददाता

थप